काठमाडौं : भोलि शनिबारबाट सुरु हुन गइरहेको नेपाल ,मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक भएको छ ।
शुक्रबार नेपाल क्रिकेट सङ्घ (क्यान)ले होटल सोल्टीमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो ।
नेपालले मलेसिया र नेदरल्यान्डबीचको त्रिकोणात्मक टी–२० शृङ्खला टियु क्रिकेट मैदानमा ४ देखि ११ वैशाखसम्म सिरिज खेल्दै छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।
नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएपछि प्रशिक्षक डेभ वाटमोरको यो पहिलो प्रतियोगिता हुनेछ । त्यस्तै भोलि हुने पहिलो खेलमा टोलिका पूर्व कप्तान पारस खड्का उपलब्ध हुने छैनन् । हातको औंलामा लागेको चोटकका कारण उनी उपलब्ध हुनेछैन् ।