असोज ८, २०७९ शनिबार

काठमाडौँ — डा. गोविन्द केसीले अनशन तोड्ने भएका छन् । केसी र सरकारबीच सहमति भएको छ । ७ बुँदे मागसहित अनशनमा बसेका डा. केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले शनिबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गर्नेछन् ।

शनिबार साढे ७ बजे शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा. केसीले अनशन तोडेको घोषणा गर्ने उनका सहयोगी तथा वार्ता टोलीका सदस्य प्रितम सुवेदीले जानकारी दिए ।