असोज ९, २०७९ आइतबार

आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन सोही रुपैयाँले बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।