बैशाख ३, २०७८ शुक्रबार

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भोलि (शनिबार) बाट सुरु हुने  त्रिकोणात्मक टी२० क्रिकेट सिरिजमा कम दर्शकलाई टियु क्रिकेट मैदानमा प्रवेशमा गराउने भएको छ।

कोरोना भाइरस (कोभिड १९) को महामारीलाई मध्येनजर गर्दै क्यानले टियु मैदानको क्षमता भन्दा कम दर्शकलाई प्रवेश दिने भएको छ । No description available.

शुक्रबार ट्रफी सार्वजनिक कार्यक्रम क्यानका जनरल म्यानेजर रौनक मल्लले सरकारको कोरोना प्रोटोकललाई ध्यानमा राखेर हामीले कम दर्शकलाई अनुमति दिने निर्णय गरेको बताए ।

त्यस्तै मल्लले टिकट अनलाइनबाट मात्र बिक्री गरिने समेत बताएका छन् । क्यानले सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ राखेको छ । प्रतियोगिता दौरान सरकारको प्रोटोकल पूर्ण रुपमा पालना हुनेछ । मल्लले थपे No description available.

'कोरोनाको समय अन्तराष्ट्रिय प्रतियोगिता गर्नु आफैमा चुनौती छ । सबैको साथ सहयोगले हामी प्रतियोगिता आयोजना गर्न गईरहेका छौँ,' उनले भने, 'सबै प्रोटोकल अपनाएका छौ । बसलाई पनि सेनिटाइज गरेका छौँ । सबै देशका खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।' No description available.

स्वास्थ्य मन्त्रालयले बिहीबार मात्र खेलकुद लगायतका कार्यक्रममा भिड नगर्न अपिल गरेको थियो ।

टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ । खेल भोलि दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ । त्यस्तै यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनबाट हुनेछ । No description available.