असोज ९, २०७९ आइतबार

नेपाल टेलिकमले सेवाग्राहीको लागि दसैँको अफर सार्वजनिक गरेको छ । असोज ९ गतेदेखि अर्थात आजदेखि लागू हुने गरी डाटा, भ्वाइस र रिचार्जका प्याकेज घोषणा गरेको छ ।

दसैँमा डाटाको माग बढी हुने भएको र फोनको प्रयोग पनि बढ्ने भएकाले विभिन्न किसिमका छुट दिइएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।

कस्तो छ अफर ?

-डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा, १० दिन भित्र प्रयोग गर्नुपर्ने

-४९ रुपैयाँमा १ एमबीपीयस डाटा र अनलिमिटेड फोन गर्न सकिने, एक दिन भित्र प्रयोग गर्नुपर्ने
-२०० देखि ४९९ रुपैयाँ रिचार्ज गर्दा ५०० एमबी डाटा, दुई दिन भित्र प्रयोग गर्नुपर्ने
-५०० भन्दा बढीको रिचार्ज गर्दा १०२४ डाटा, चार दिन भित्र प्रयोग गर्नुपर्ने
-पहिलो पटक भोल्ट सेवा सब्सक्राइब गर्नेलाई २८ दिन सम्म २०० मिनेट भ्वाइस निशुल्क
-यो सुविधा लिन ८१४१५३ डायल गरेर तोकिएको प्रकिया पूरा गर्नु पर्ने टेलिकमले जनाएको छ ।