असोज ९, २०७९ आइतबार

काठमाडौं । टी-२० विश्वकप २०२२ सुरु हुन अब एक महिना मात्र बाँकी छ । यसपालीको विश्वकप १६ अक्टुबरदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । टी-२० विश्वकप नजिकिएसँगै विश्वभरका क्रिकेट फ्यानहरू निकै उत्साहित हुन थालेका छन् । समर्थक विश्वकपमा आफ्नो मनपर्ने खेलाडी र टिमलाई समर्थक गर्न निकै उत्साहित हुन्छन् ।

यही वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपको मिति नजिकिएसँगै हरेक टिमहरू आफ्नो तयारीमा जुटिसकेका छन् । विश्वकप जित्ने सबै देशको चाहना हुन्छ । तर, सबैको सपना पूरा हुँदैनरभएको छैन । सन् २००७ मा पहिलो पटक आयोजना भएको टी-२० विश्वकपको ट्रफी महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले जितेको थियो ।

हालसम्म सातपटक टी-२० विश्वकप भएको छ । जसमा वेस्ट इण्डिजले सर्वाधिक दुईपटक ट्रफी उचालेको छ । त्यस्तै, भारत, इंग्ल्याण्ड, अष्ट्रेलिया, पाकिस्तान र श्रीलंका समान एकरएकपटक टी-२० विश्वकप विजेता बनेका छन् ।

एक महिनापछि अष्ट्रेलियामा हुने विश्वकपको ट्रफी जित्ने लक्ष्यका साथ सबै टोली मैदानमा उत्रिने छन् । टी-२० विश्वकपको सातौं संस्करण सकिँदा कुनै टिमले दुईपटक विश्वकपको ट्रफी उचालेको छन् भने टिमले एक खेल पनि जित्न सकेका छैनन् । वर्तमान समयमा टी–२० क्रिकेटमा सर्वाधिक बलियो टोलीको रूपमा भारत, अष्ट्रेलिया, इंग्लाण्ड, पाकिस्तान, न्यूजिल्याण्ड र दक्षिण अफ्रिकालाई हेरिन्छ । यसैबीच, आज हालसम्म टी-२० विश्वकपमा सर्वाधिक म्याच जित्ने पाँच टोलीको बारेमा उल्लेख गर्दैछौँ:

१. श्रीलंका

यो सचूीको शीर्ष स्थानमा श्रीलंकाको नाम आउँछ । ऊ हालसम्म टी-२० विश्वकपमा सर्वाधिक खेल जित्ने टिम हो । श्रीलंकाले अहिलेसम्म ४३ खेल खेलेको छ, जसमा उसले २७ खेल आफ्नो पक्षमा पारेको छ । त्यस्तै, श्रीलंकाले टी-२० विश्वकपको सातौं संस्करणसम्म १५ खेलमा हारको सामना गरेको छ । त्यतिबेला श्रीलंकासँग विश्व प्रख्यात खेलाडीहरू थिए ।

पछिल्लो केही समयदेखि खराब प्रदर्शन गर्दै आएको श्रीलंंकाले अहिले भने राम्रो प्रदर्शन गरेको छ । श्रीलंका केहीअघि मात्र समाप्त भएको एसिया कपमा भारत र पाकिस्तानजस्तो बलियो टोलीलाई पछि पार्दै च्याम्पियन बनेको थियो । श्रीलंका यही हौसलाकासाथ अष्ट्रेलियामा हुने विश्वकपमा सहभागिता जनाउनेछ ।

२. पाकिस्तान

यो सूचीको दोस्रो स्थानमा पाकिस्तान क्रिकेट टिमको नाम आउँछ । पाकिस्तान हालसम्म टी-२० विश्वकपमा सर्वाधिक खेल जित्ने दोस्रो टोली हो । उसले अहिलेसम्म ४० खेल खेल्दा २४ खेलमा जित निकालेको छ । त्यस्तै, पाकिस्तानले १५ खेलमा हारको सामना गरेको छ । उसले हालसम्म एकपटक टी-२० विश्वकको ट्रफी जितेको छ । जुन विश्वकप २००९ मा भएको थियो ।

३. भारत

टी-२० विश्वकपमा हालसम्म सर्वाधिक खेल जित्ने तेस्रो टोली भारत हो । उसले ३८ खेलमा २३ पटक आफ्नो नाममा जित दर्ता गराएको छ । त्यस्तै, भारतले अहिलेसम्म १३ खेलमा हारको सामना गरेको छ । ऊ टी-२० विश्वकपको पहिलो संस्करको विजेता टोली हो । त्यसपछि भने भारतले टी–२० विश्वकपको ट्रफी जित्न सकेको छैन । एक महिनापछि अष्ट्रेलियामा हुने टी-२० विश्वको ट्रफीको दाबेदारको रूपमा भारतलाई पनि हेरिएको छ ।

४. अष्ट्रेलिया र दक्षिण अफ्रिका

यो सूचीको चौथो स्थानमा साविक टी-२० विश्वकप विजेता टोली अष्ट्रेलिया र दक्षिण अफ्रिको नामा आउँछ । हालसम्म यी दुवै टोलीले २२/२२ खेलमा जित हात पारेको छन् । त्यस्तै, अहिलेसम्म अष्ट्रेलियाले १४ र दक्षिण अफ्रिकाले १३ खेलमा हारेको सामना गरेका छन् । अष्ट्रेलियाले २०२१ मा भएको टी-२० विश्वकपको पहिलो ट्रफी जितेको थियो भने दक्षिण अफ्रिका हालसम्म विश्वकप ट्रफीविहीन छ ।

५. न्यूजिल्याण्ड

सूचीको पाँचौं स्थान न्यूजिल्याण्ड क्रिकेट टिमको नाम आउँछ । उसले हालसम्म टी-२० विश्वकपमा पाँचौं सर्वाधिक खेल जितेको छ । न्यूजिल्याण्डले टी-२० विश्वकपको सात संस्करण सकिँदा ३७ खेलको सामना गर्दा २० खेलमा जित निकालेको छ । न्यूजिल्याण्ड २०२१ मा भएको टी-२० विश्वकपको फाइनसम्म पुगेको थियो । तर, सो फाइनल खेलमा ऊ अष्ट्रेलियासँग सहजै पराजित हुन पग्यो ।