असोज १०, २०७९ सोमबार

 काठमाडाैँ  । भारतबाट नेपालतर्फ आउँदै गरेका भारत घर बताउने ५० वर्षीय चन्द्रकान्त झालाई धनुषाबाट १९ किलो जाँदीसहित प्रहरीले पक्राउ गरेको छ । नगराईन नगरपालिका २ स्थित जटहीबाट सशस्त्र प्रहरीले करिव १९ लाख ६४ हजार रुपैयाँ बराबरको चाँदीसहित भारत घर बताउने ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो ।

झालाई बीओपी जटहीले शरीरमा बाँधेर लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा १९ किलो ४ सय १७ ग्राम चाँदीसहित पक्राउ गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी सैलेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका झालाई बरामद चाँदीसहित आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा धनुषामा बुझाइएको सशस्त्रले जनाएको छ ।