काठमाडौँ- रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घरबाहिर रहेका व्यक्ति आजैदेखि घर फर्किरहेका छन् ।
नयाँबसपार्क र कलङ्कीलगायतका स्थानमा काठमाडौँ उपत्यका बाहिरिनेको भीड देखिन्छ । काठमाडौँ उपत्यका बाहिर जाने यात्री आजैदेखि बढ्ने गर्छन् । दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ ।
धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिएका छन् । शैक्षिक संस्था बिदा भएसँगै विद्यार्थी, शिक्षक, प्राध्यापकलगायत आजैदेखि आ–आफ्ना घर जान्छन् ।
देश विदेशबाट गाउँ फर्कनेहरू बढ्न थालेसँगै देशका ग्रामीण भेगमा पनि बडादशैँको चहलपहल सुरु हुन्छ ।