एजेन्सी ।
इटालिको घरल फुटबल लिग सिरि ए कपमा आज साविकको विजेता युभेँटसले क्रोटोनाको सामना गर्दै छ । घरेलु मैदान अलेन्जमा मा युभेन्टसले क्रोटोनको सामना गर्नेछ । युभेन्ट्स र क्रोटोनबीचको खेल नेपाली समय अनुसार राति १बजेर ३० मिनेटबाट सुरु हुनेछ ।
क्रोटोनविरुद्ध मैदान उत्रदा युभेन्ट्स सहज जितको खोजीमा हुनेछ ।घरेलु मैदानमा युभेन्ट्सलाई जित निकाल्न सहज हुने अनुमान समेत गरिएको छ ।
किनकि यस सिजन क्रोटोनले निकै खराब प्रदर्शन गरिरहेको छ । क्रोटोन लिगको पुछारमा रहेको छ ।
युभेन्ट्स क्रोटोनलाई हराएर उपाधि होडलाई कायम राख्न चाहन्छ ।घरेलु मैदानमा जित निकालेमा युभेन्ट्स लिगको तेस्रो स्थानमा समेत उक्लने छ ।
युभेन्ट्स ४२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
शीर्ष स्थानको इन्टर मिलान ५३ अंकमा रहदा युभेन्टस भने४२ अंकका साथ छैठौ स्थानमा रहेकोछ तर, युभेन्ट्सले २ खेल कम खेलेको छ ।क्रोटोन भने १२ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।