असोज १०, २०७९ सोमबार

काठमाडौँ — मनास्लु हिमालमा सोमबार हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त भएको छैन । तेस्रो र चौथो क्याम्पको बीचमा हिमपहिरो गएको बताइएको छ ।

हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर लिएर सामागाउँ पुगेको छ ।

केही व्यक्तिको हताहती भएको खबर आए पनि पुष्टि भने भइसकेको छैन ।

पर्यटन विभागका निर्देशक युवराज खतिवडाले हिमपहिरो गएको पुष्टि गरे पनि त्यहाँ रहेका व्यक्तिसँग सम्पर्क नभएको बताएका छन् ।