काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले इन्टरनेसनल विन्डोअन्तर्गत आज बंगलादेशविरुद्ध घरेलु मैदान दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्न लागेको छ ।
खेल साँझ ५:३० बजे शुरु हुनेछ । घरेलु भूमिमा नेपाल बंगलादेशलाई हराएर समर्थकलाई दशैंको उपहार दिन चाहन्छ । बंगलादेश पनि नेपाललाई हराएर मैत्रीपूर्णमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
बंगलादेश कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेर नेपाल आएको हो । उसले मैत्रीपूर्णमा कम्बोडियालाई १-० गोल अन्तरले हराएको थियो ।