असोज ११, २०७९ मंगलबार

सिक्लेस हाइड्रोपावरको आइपिओ बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा मङ्गलबार बिहान भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ५ हजार ८०० जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपिओमा कुल १५ लाख १३ हजार ७८८ जना आवेदकले आवेदन दिएकोमा १ हजार २५१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।

कम्पनीले भदौ २९ गतेबाट असोज २ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो। 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गरेको हो। 

उक्त सेयरमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याएको छ। 

यीबाहेक १० लाख ५८ हजार कित्ता आइपिओ सर्वसाधारणमा बिक्रीमा आएको हो।

लगानीकर्ताले बिक्री प्रबन्धक बिओके क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। 

साथै, कम्पनीको वेबसाइट तथा सिडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।