काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको मुख्य आयोजनामा आजबाट नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी२० सिरिज हुँदै छ ।
टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजको उद्घाटन खेलमा नेपाल र नेदरल्यान्ड्सले खेल्ने छन् । उक्त खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।
नेपाली राष्ट्रिय टोलीका कप्तानले ज्ञानेन्द्र मल्लको रहेका छन् । त्यस्तै चोटका कारण टोलीका पूर्व–कप्तान पारस खड्का हुने छैनन् । नेदरल्याड्स भने पिटर सीलारको कप्तानीमा मैदान उत्रने छ
आगामी ११ वैशाखसम्म हुने सिरिज डबल राउण्ड रोबिनको आधारमा हुनेछ । सिरिजको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएपछि प्रशिक्षक डेभ वाटमोरको यो पहिलो प्रतियोगिता हुनेछ ।