असोज ११, २०७९ मंगलबार

काठमाडौँको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्मको सडकखण्डमा स्मार्ट सडक बत्ती जडान गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले आफ्नै खर्चमा कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप-आइल्यान्डमा बत्ती जडान गरी सञ्चालनमा ल्याएको छ ।  

कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने करिब ४ सय ५० वटा बत्ती जडान गरिएको हो । यसबाट सडकको रात्रिकालीन सौन्दर्यता देख्न सकिने छ ।


काठमाडौं महानगरपालिका, मध्यपुरथिमि र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ ।