असोज ११, २०७९ मंगलबार

महेश सिंह, सिरहा - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाले समाजिक सेवाको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेकाे छ । 

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र लहानको समन्वयमा करिब २० जनाले रक्त दान गरेका रेडक्रसका कर्मचारी सुनिलकुमार यादवले बताए। 

शाखा प्रबन्धक उपेन्द्रनारायण महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाको जिल्ला कार्यसमिति सदस्य महेशकुमार महतो प्रमुख अतिथि थिए ।