काठमाडौँ । मंगलबार सेयर बजार नेप्से परिसूचक १५.९२ अंकले बढेर १८३१.०५ बिन्दुमा पुगेको छ ।
यस दिन बजार बढे पनि कारोबार रकम र कारोबार भएको सेयर कित्ताको संख्या भने बढेको छैन । यस दिन कुल ६६ करोड ३० लाख १३ हजार रुपैयाँमा २१ लख ७ हजार ७ सय ४२ कित्ता सेयर कारोबार भएको छ ।
यस दिन १५२ कम्पनीको सेयर मूल्य बढेको छ । २७ कम्पनीको सेयर मूल्य घटेको छ । इस दिन ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था, माथिल्लो हेवाखोला जलविद्युत, लगायत कम्पनीको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ । यस दिन होटेल तथा पर्यटन र सामुहिक लगानी कोषबाहेक बाँकी ११ ओटा समूहगत सूचक बढेका छन् ।