बैशाख ४, २०७८ शनिबार

काठमाडौं : विराटनगरमा जारी छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज फाइल खेल हुदैछ ।

जसमा उपाधिका लागि नेपालको सशस्त्र प्रहरी बलको एपिएफ र भारतीय पञ्जाब पुलिस सँग भिड्दैछ ।  

विराटनगरस्थित सहिद रङ्गशालामा हुने खेल साँझ ६ बजेबाट सुरु हुनेछ । बिहीबार दोस्रो सेमिफाइनल खेलमा आहा रारा गोल्डकपको च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै पञ्जाब पुलिसले एपिएफसँगको भेट पक्का गरेको हो । भएको पहिलो सेमिफाइनलको खेलमा घरेलु टोली विराटनगर–११ लाई ३–२ गोलले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।

प्रतियोगिताका विजेताले १५ लाख १५ रुपैयाँ र ट्रफी तथा उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा विभिन्न ७ विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ ।