काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलर र यूरोको मूल्य घटेको छ ।
मंगलबार १ सय ३० रुपैयाँ ९० पैसा रहेको अमेरिकी डलरको मूल्य बुधबार घटेर १ सय ३० रुपैयाँ ८४ पैसा कायम भएको छ। त्यस्तै, यूरोको मूल्य पनि घटेको छ ।
युरोपियन युरो आज १ को खरिददर १ सय २५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय २५ रुपैयाँ ९६ पैसा रहेको छ । त्यसैगरि, पाउण्ड स्टर्लिङ १ को खरिददर १ सय ३९ रुपैयाँ ६९ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ३३ पैसा रहेको छ ।