काठमाडौं : नेपाल क्रिकेट संघ क्यानको मुख्य आयोजनामा आजबाट नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी२० सिरिज हुँदै छ । सिरिजको उद्घाटन खेलमा अहिले नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा नेपालले टस जिते र पहिले बलिङ रोजेको छ । त्यस्तै पाहुना टोली नेदरल्यान्ड्सले सुरुवातमा ब्याटिङ गर्नेछ । नेपालले सिरिजको दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ ।
आगामी ११ वैशाखसम्म हुने सिरिज डबल राउण्ड रोबिनको आधारमा हुनेछ । सिरिजको शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन् । नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएपछि प्रशिक्षक डेभ वाटमोरको यो पहिलो प्रतियोगिता हुनेछ ,