असोज १२, २०७९ बुधबार

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । उक्त सेयर किन्न चाहाने लगानीकर्ताहरूले न्यूनतम ३९५ रुपैयाँ र सोभन्दा बढी मूल्यमा आवेदन दिन सक्नेछन् ।

संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयर धनीहरूलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरूबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।


उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आजभित्र आवश्यक कागजपत्र संकलन गरेर प्रभु क्यापिटलको केन्द्रीय कार्यलय कमलादी काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।