असोज १२, २०७९ बुधबार

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ भन्सार गेटको ब्यारेलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षीय सन्दिपकुमार साहु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको हो । 

घाइते भएका मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय पृथ्वी राजपुलको सोही अस्पतालमा उपचार भइरहेको छ ।  नेपालगञ्जबाट रुपडियातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल गएराति पौने ११ बजे अनियन्त्रित भर्इ भन्सार गेटको ब्यारेलमा ठोकिएको भन्सार सुरक्षा गार्ड बाँकेले जनाएको छ ।