असोज १२, २०७९ बुधबार

काठमाडौँ । सर्वियाको बेलग्रेडमा आयोजना भएको आईएसएफ वल्र्ड स्कुल बास्केटबल च्याम्पियनसिप २०२२ मा सहभागी भएको नेपाली बास्केटबल टोली प्रिमियर इन्टरनेशनल आईबी कन्टइनियम स्कुलले फेयर प्ले अवार्ड जितेको छ ।


प्रिमियर इन्टरनेशनल आईबी कन्टइनियम स्कुलका चेयर म्यान वसन्त थापाले विजेता विद्यार्थीहरूलाई बधाइ दिएका छन् । उनले भनेका छन् - "हाम्रा विद्यार्थीहरूले आफ्ना सबै खेलहरूमा साहस र अनुशासनका साथ भाग लिए र प्रतियोगिताबाट फेयर प्ले ट्रफी घर ल्याए । हामी सबै खेलाडीहरू, प्रशिक्षक श्री सदीश प्रधान र हाम्रा विद्यार्थीहरूलाई यात्रामा साथ दिने सबै अधिकारीहरूलाई गर्वका साथ बधाइ दिन्छौँ । हामी पक्का छौँ कि यो विश्वव्यापी एक्सपोजरले हाम्रा विद्यार्थीहरूलाई धेरै फाइदा पुर्‍याएको छ र जीवनभरका लागि सम्झनाहरू सिर्जना गरेको छ" ।

यो अवार्ड अन्तरराष्ट्रिय ओलम्पिक कमिटीअन्तर्गत दिइने अवार्ड हो । राम्रो खेल र अनुशासनलाई मूल्यांकन गरेर दिइने यस अवार्ड नेपाललाई प्रतिनिधित्व गरेको टीमले जितेकामा खुशी र हर्षित भएको आईएसएफका कार्यसमिति सदस्य र प्राविधिक कमिसनका अध्यक्ष एवं नेपाल स्कुल स्पोर्टस् महासंघका सचिव राजकुमार कार्कीले बताए ।

जनार्जन ढुङ्गेलको नेतृत्वमा च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीमा टिम प्रशिक्षक सदीश प्रधान रहेका थिए । यस्तै खेलाडीहरूमा सामराज श्रेष्ठ, प्रथम श्रेष्ठ, आशिप महर्जन, शिभम् श्रेष्ठ, कोनोर गुरुङ्ग, बेनभ श्रेष्ठ दुवाल, उज्वल धौगोडा, प्रणय बासी, सुजल बलय श्रेष्ठ, सुजार राजकर्णिकार र अविग्न श्रेष्ठ रहेका छन् । अफिसियलमा भूपेन्द्र शमसेर कुँवर, मधु ढुङ्गेल र ममता बस्नेत रहेका थिए । प्रतियोगिता सेप्टेम्बर २० देखि २८ सम्म भएको थियो ।