असोज १३, २०७९ बिहिबार

काठमाडौँ । हल्ट प्राइज पोखरा विश्वविद्यालयको आयोजक कमिटी गठन गरिएको छ । प्रतियोगिताअन्तर्गत २०२२-२३ का लागि क्याम्पस डायरेक्टरको भूमिकामा सुरजराज केशरीले टिमको नेतृत्व गर्ने जनाइएको छ ।

उनका साथमा डेप्युटी क्याम्पस डायरेक्टरका रूपमा रिवाज भूर्तेल र म्यानेजरका रूपमा किशोर पनेरु रहेका छन्।

यसै गरी एडमिन सुपरभाइजर, आउटरिच सुपरभाइजर, कम्नुकेसन सुपरभाइजर, फाइनान्स सुपरभाइजर, टेक्निकल सुपरभाइजर, ग्राफिक्स सुपरभाइजर, कन्टेन्ट सुपरभाइजर र मिडिया मार्केटिङ कोडिनेटरमा क्रमशः विपना मरासिनी, ज्ञानेन्द्र त्रिपाठी, अभिष्का काफ्ले, अनुजा पौडेल, शाश्वत कोइराला, सौगात आचार्य, उनिषा सापकोटा र विज्ञान कार्कीले आफ्नो जिम्मेवारी पूरा गर्नेछन्। थप कमिटिमा कलेज रिप्रिजेन्टेटिभ(शास), कलेज रिप्रिजेन्टेटिभ(एसओइ), कलेज रिप्रिजेन्टेटिभ(एसडीएसइ) टेक्निकल एसोसियट, एडमिन एसोसियट, कम्नुकेसन एसोसियट, फाइनान्स एसोसियट, ग्राफिक्स एसोसियट, आउटरिच एसोसियट र कन्टेन्ट एसोसियटमा क्रमश: उदय सिंह, शङ्कर शाह, सन्देश भूर्तेल, सन्दिल कार्की, असीम घिमिरे, विकास जङ्ग कुवँर, अविरल पौडेल, विशाल मेहता, ईशा मैनाली र सचिन घिमिरे रहेका छन्।

विद्यार्थीहरूका लागि नोवेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तरराष्ट्रिय रूपमा छुट्टै महत्त्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।

२०२३ को हल्ट प्राइज च्यालेन्ज 'रिडिजाइनिङ्ग फेसन' रहेको छ।

गत वर्ष प्रशान्त भुसालको नेतृत्वमा आयोजना भएको प्रतियोगिता यस पटकको प्रतिस्पर्धालाई केशरीले नेतृत्व गर्दै छन् ।