असोज १३, २०७९ बिहिबार

काठमाडौँ । सुनको भाउ आज एकैदिन १ हजार २ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।