काठमाडौ : युवा ब्याटस म्यान कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा अहिले नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय ३६ रनको विजयी लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।भुर्तेलले डेब्यु खेलमै अर्धशतक बनाएका हुन् ।
भुर्तेलले ३० बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ५ चौका र ४ छक्का प्रहार गरे । यो समाचार तयार पार्दा सम्म नेपालले ११ ओभरमा विना विकेट १०५ रन बनाए र खेलिरहेको छ ।