असोज १३, २०७९ बिहिबार

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले डेंगीको संक्रमणले जनता हैरान रहेको बेलामा बालुवाटारमा भने रमिता भइरहेको बताएका छन् ।

नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत लेखेका छन् - "बालुवाटारमा रमिता छ। डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाइ दिएपछि कांग्रेसभित्रै त्राहीमाम छन् । देश जोगाउन माझी खोज्न हिँडेकाहरू काँग्रेसी आँगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तिपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ ।”