असोज १३, २०७९ बिहिबार

काठमाडौँ, १३ असोज । दसैँमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब-भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन् ।

विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र परेका छन् । नाम्खाका ६ स्वास्थ्यकर्मी गरी ३ सय जना र उक्त गाउँपालिकाभित्रका १७ विद्यालयका ८५ शिक्षकले समेत दसैँको भत्ता खान नपाएर विभिन्न प्रदेश तथा जिल्लाका कर्मचारी अलपत्र परेका शिक्षक सम्ला चौधरी बताउँछन् ।

सिमकोटमा पनि कर्मचारी तथा शिक्षकले पनि साउनदेखि असोजसम्मको तलबभत्ता नखाँदा अलपत्र परेका छन् । रासस