असोज १३, २०७९ बिहिबार

काठमाडौं : डेंगु संक्रमणबाट आज २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको हो। 

योसँगै डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २८ हजार १०९ जनामा डेंगु संक्रमण भएको छ।

हाल देशभर ७७ वटै जिल्लामा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले डेंगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ। 

विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै सचेत रहन आग्रह गरेका छन्।