बैशाख ४, २०७८ शनिबार

काठमाडौं : आजबाट सुरु भएको त्रिकोणात्म सिरिज टी२० मा नेपालले नेदरल्यान्डस्माथि ९ विकेट जित निकालेको छ ।

नेपाल क्रिकेट संघ क्यानको मुख्य आयोजनामा आजबाट सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपाल, मलेसिया र नेदरल्यान्ड्स सहभागी रहेका छन् । 

टियु क्रिकेट मैदानमा नेपालले टस जिते र पहिले बलिङ रोजेको छ । त्यस्तै पाहुना टोली नेदरल्यान्ड्सले सुरुवातमा ब्याटिङ गरेको थियो। नेदरल्यान्डसले दिएको १३६ रनको विजयी लक्ष्य पक्ष्याएको नेपालले कुशल भुर्तेल र आखिफ शेखको  शानदार अर्धशतकमा १४.६ बलमा सहज जित निकालेको हो । 

भुर्तेलले ४६ बलको सामना गर्दे ५ चौका ५ छक्का साथ ६२ रन बनाए । त्यस्तै आसिफ शेखले ३८ बलमा ५४ रन ४ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै यता कप्तान मल्लले ७ बलमा १३ रन बनाउदै नेपाललाई ९ विकेटकाे जित दिलाए । यता नेदरल्यान्ड्सका जुलियन डेमेले एक विकेट लिए ।