असोज १३, २०७९ बिहिबार

काठमाडौं: साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ।

मालेमा गएराति  घरेलु टिम माल्दिभ्सलाई हराएर श्रीलंकाले उपाधि जितेपछि नेपाल फेरि उपविजेता बनेको हो।

बुधबार नै भुटानलाई हराएर नेपालले उपाधि होड कायम राखेको थियो। तर, श्रीलंकाले माल्दिभ्सलाई ७२–५९ ले हराएर च्याम्पियन बन्यो।

माल्दिभ्सलाई हराएसँगै शीर्ष स्थानमा रहेर श्रीलंका च्याम्पियन बनेको हो। अघिल्लो संस्करण समेत श्रीलंकाले उपाधि जितेको थियो भने नेपाल उपविजेता बनेको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो।