असोज १४, २०७९ शुक्रबार

मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस र बागमती प्रदेशलगायत देशको अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यत: सफा रहेको छ। गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो  प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशभर मौसम सामान्यत: सफा  रहनेछ ।

प्रदेश १, गण्डकी र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।