असोज १४, २०७९ शुक्रबार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र अवसरका लागि विद्रोह गर्नुपर्ने अवस्था आउनु दुखद् भएको बताएका छन् । शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 

यस्तै उनले डेङ्गु नियन्त्रणमा सरकारको ध्यान जान नसकेको आरोप लगाएका छन् । डेङ्गु नियन्त्रणमा जिम्मेवारी बहन गर्न सरकार चुकेको बताए । 

उनले चाडबाडका बेला डेङ्गुको प्रकोप बढ्ने देखिएकाले तिनै तहको सरकारले त्यसमा ध्यान दिएर काम गर्नुपर्ने बताए । 
राजनीतिको प्राथमिकतामा चुनाव जित्ने र सरकार बनाउने मात्रै भएको थापाको आरोप छ ।