असोज १४, २०७९ शुक्रबार

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा जागीर खुलाएको छ । विभागीय प्रबन्धकसहित कूल १ सय ६ जनाको विभिन्न पदमा व्यापार कम्पनी लिमिटेडले जागीर खुलाएको छ ।

लोकसेवा आयोगको असोज ७ गतेको सहमति र कम्पनीको पदपूर्ति समितिको १२ गतेको निर्णयले विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने भएकाले यो सूचना प्रकाशित भएको २१ दिन भित्रमा इच्छुक उम्मेदवारले दरखास्त दिनुपर्ने छ ।