असोज १४, २०७९ शुक्रबार

अफगानिस्तानको राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको काज एजुकेशन सेन्टरमा (शैक्षिक केन्द्र) शुक्रबार बिहान आत्मघाती बम विष्फोट हुँदा १९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। विस्फोटको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन।

त्यस क्षेत्रमा अल्पसंख्यक हजारा समुदाय बस्ने भएकाले इस्लामिक स्टेट र तालिबानमध्ये कसैले आक्रमण गराएको हुनसक्ने आशंका छ। इस्लामिक स्टेट र तालिबान दुबैले हजारा समुदायलाई निशाना बनाउने गरेका छन्।

तालिबान सरकारले भने घटनाप्रति विरोध जनाएको छ। अनुसन्धानका लागि सुरक्षाकर्मी खटाइएको गृह मन्त्रालयका प्रवक्ताले बताएका छन्। 

अफगानिस्तानको स्थायित्वका लागि भन्दै तालिबान सरकार आएपछि इस्लामिक स्टेटले विभिन्न आक्रमण गरिरहेको छ।

तालिवानको नेतृत्वमा सरकार गठन हुने तयारी चल्दा इस्लामिक स्टेटले अस्पताल र विद्यालयलाई निशाना बनाउँदै आक्रमण गरेको थियो। त्यस घटनामा ८५ जनाले ज्यान गुमाएका थिए ।