असोज १४, २०७९ शुक्रबार

विराटनगर, १४ असोज : लिवर्टी नेपालले प्रेस युनियन मोरंगका सचिव तथा पत्रकार महासंघ मोरंगका जिल्ला सदस्य गोपाल पोखरेललगायतलाई सम्मान गरेको छ ।

लिवर्टीको सातौँ सधारणसभा तथा दशैँको सुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि मोरंगका प्रमुख जिल्ला अधिकारी काँशिराज दाहालले पत्रकार पोखरेल , युवा वयवसायी दिनेशकुमार साहा लगायतका जनप्रतिनिधिहरूलाई सम्मान पत्रले सम्मान गरेका हुन् । 

कार्यक्रममा अर्थविद् डा. भेषप्रसप्रसाद धमला, बुढिगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगर , लायन्स क्लब ३२५ एवानका डिस्टीक गर्भनर रेवत बहादुर कार्की, युवा नेता कृष्ण कार्की, विराटनगर कांग्रेसका सभापती दिपक चपागाँई , राप्रपा नेता राजेश मास्के , स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. सिता घिमिरे लगायतको सहभागिता थियो ।