असोज १५, २०७९ शनिबार

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा रहेको छ।   युरो एकको खरिद दर १२७ रुपैयाँ २० पैसा र बिक्री दर १२७ रुपैयाँ ७९ पैसा रहेको छ।   

बेलायती पाउण्ड एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।