बैशाख ४, २०७८ शनिबार

 

काठमाडौं । विराटनगरमा जारी छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा अहिले फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफले भारतीय पञ्जाब पुलिसबीचको पहिलो हाफमा एपिएफले एक शुन्य गोलको अग्रता बनाएको छ । 

विराटनगरस्थित सहिद रङ्गशालामा एपिएफका लागि जारी खेलको १०औं मिनेटमा प्रदिप लामाले गोल गरेका हुन । 

प्रतियोगिताका विजेताले १५ लाख १५ रुपैयाँ र ट्रफी तथा उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा विभिन्न ७ विधामध्ये उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, व्यवस्थापक, मिड फिल्डर, डिफेन्स, गोलकर्ता र टिमले समान नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने छ ।