असोज १५, २०७९ शनिबार

महेश सिंह, सिरहा । लहान नगरपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई निरन्तरता दिएकाे छ । लहान नगरपालिकाकी उप- प्रमुख राम चलितर महतोको नेतृत्वमा लहानको बक्री बजारबाट सुरु भएको अनुगमन मासुपसल र किरानालगायतका पसलहरूमा अनुगमन गरेको हो ।

म्याद गुज्रिएका र कानुनी दायराअन्तर्गत नरही व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूलाई  जरिवानासहित कानुनबमोजिम कारबाही गर्ने महतोले बताइन् ।