असोज १५, २०७९ शनिबार

महेश सिंह, सिरहा लहान १५ असोज  । मधेस प्रदेशमा पहिलो पल्ट मिर्चैयामा एबी.आर.सेक्युरिटी सर्भिस सञ्चालनमा आएको छ । बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगारी दिने उद्देश्यले मिर्चैया नगरपालिका वडा नम्बर १० स्थित एबी.आर.सेक्युरिटी सर्भिस सञ्चालनमा आएको हो ।


संस्थाका प्रबन्धक अशोककुमार महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले ब्यानर पढेर उद्घाटन गरेका थिए।