काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते नेपाल आउने भएका छन् ।
उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । उनले आफू कहाँ रहेको भन्नेबारे चाहिँ केही खुलाएका छैनन् ।
आरोप लागेपछि लामिछाने स्वदेश फर्किन ढिलाइ हुँदै आएकामा पछिल्लो यस्तो धारणा आएको हो ।