गोरखाको चुमनुब्री गाउँपालिकालाई चीन सरकारले एक्साभेटर सहयोग गरेको छ ।
सीमा क्षेत्रमा रहेको हिमाली पालिकालाई चीन सरकारले सडक खन्नका लागि उपलब्ध गराएको एक्स्काभेटर रसुवागढी नाका हुँदै गोरखा पुर्याइएको छ । चुमनुब्रीमा हालसम्म सडक सञ्जालले छोएको छैन । तर उत्तरी नाका रुइला भन्ज्याङ नजिकसम्म चीनतिर बाटो आइसकेको छ ।
प्राप्त एक्साभेटरले पालिकाको विकासका लागि महत्त्वपूर्ण हुने अध्यक्ष निमा लामाले बताए । अहिले सदरमुकाममा रहेको एक्साभेटर हेलिकोप्टरमार्फत पालिका लैजानुपर्छ । तिहारपछि मात्रै एक्साभेटर लगिने उनले जानकारी दिए ।