बैशाख ४, २०७८ शनिबार

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा यात्रुबाहक बस सडकबाट खस्दा ३१ जना घाइते भएका छन् ।

बस २ सय मिटर तल खसेको प्रमुख  जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले जनाएका  दिइन् । जिल्ला छन्र । नवलपुरका प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीका अनुसार बुटवलबाट नारायणगढ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस अनियन्त्रित भइ खसेको हो ।

दुर्घटनामा परी घाइते मध्ये अहिलेसम्म १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जनाको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आइपुगेको छैन । बसमा कति जना सवार रहेको यकिन नभएको र अहिले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।