महेश सिंह, सिरहा । सिएमसी नेपालले मानसिक स्वास्थ्य सम्बन्धी छलफल गरेको छ । शनिबार लहानमा परियोजना अभिमुखीकरण बाल मानसिक स्वास्थ र पहुँचकर्तामा परीक्षणसम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।
विभिन्न परियोजनाअन्तर्गत नेपालका ७ वटै प्रदेशका ५४ जिल्लामा १० वटा परियोजना सञ्चालनमा छन् ।
लहान नगरपालिकामा २० वटा सामुदायिक विद्यालय र ३ वटा स्वास्थ चौकीमा मनोपरामर्शको कार्यक्रम सञ्चालनमा रहेको परियोजना संयोजक अनिरुध मुखियाले जनाए ।
सिरहामा लहान नगरपालिका, धनगढीमाई नगरपालिका र धनुषाको धनौजी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा छ ।
लहान नगरका प्रमुख महेश चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा उपप्रमुख राम चलितर महतोलगायतका जनपतिनिधिहरुको सहभागिता रहेको थियो ।