काठमाडौँ । एएफसी १७ वर्षमुनिको एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज थाइल्याण्डसँग खेल्दै छ । भियतनामको फु थो मैदानमा खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।
छनोटका लागि नेपाली टोली सोमवार भियतनाम पुगेको थियो ।
छनोटमा नेपाल समूह एफमा रहेको छ । यो समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । नेपालले शुक्रवार आयोजक भियतनाम र आइतवार चाइनिज ताइपेईसँग खेल्ने छ ।