काठमाडौं : विराटनगरमा जारी छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफले जितेको छ ।
विराटनगरस्थित सहिद रङ्गशालामा शनिबार सम्पन्न खेलमा भारतीय पञ्जाब पुलिसमाथि १-० गोलको जित निकाल्दै एपिएफ पहिलो पटक च्याम्पियन बनेको हो । एपिएफका लागि जारी खेलको १०औं मिनेटमा प्रदिप लामाले गरेको गोल नै एपिएफलाई उपाधि जित्न प्रयाप्त बन्यो ।
पहिलो हाफमा १-० गोलको अग्रता बनाएको एपिएफले दोस्रो हाफमा पनि केही सुन्दर अवसरहरु खेर फालेका थिए ।
वि.सं. २०७० सालमा पहिलो पटक फाइनल पुगे पनि संकटासँग १–० ले पराजित हुँदै एपिएफले उपाधि जित्न असफल भएको थियो ।
उक्त उपाधि सँगै एपिएफले नगद १५ लाख १५ रुपैयाँ र ट्रफी हात पारेको छ । यता उपविजेता पञ्जाब पुलिसले ७ लाख ५१ हजार रुपैयाँमा जित्त बुझाएको छ ।