काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज नेपाल आइपुग्दै छन् ।
उनले सामाजिक सञ्जालमार्फत बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जानकारी दिएका छन् । साथै सन्दीपले विमानस्थल आइपुग्नेबित्तिकै आत्मसमर्पण गर्ने उल्लेख गरेका छन् ।
‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धताबमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।’