काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न विमानस्थलमा प्रहरी तैनाथ गरिएको छ । लामिछाने आज स्वदेश फर्किँदै छन् । दोहाबाट उनी कतार एयरवेजको जहाजमार्फत नेपाल फर्कन लागेका हुन् ।
प्रहरीका अनुसार उनी सवार जहाज केही बेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । उनलाई पक्राउ गर्नका लागि विमानस्थलमा प्रहरी ‘अलर्ट’मा छ । सन्दीपलाई नियन्त्रणमा लिएपछि सिधै प्रहरी वृत्त गौशाला लैजाने तयारी छ ।