बैशाख ४, २०७८ शनिबार

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा साविको विजेता बायर्न म्युनिखले रोमाञ्चक जित निकालेको छ । शनिबार साँझ समप्रन खेलमा वुल्फ्सबर्गलाई  उसैको मैदानमा ३-२ गोल अन्तरले पराजित गरेको हो । बायर्नको जितमा जामाल मुसियालाले २ र एरी म्याक्सीमले १ गोल गरे । यता घरेलु टोलीको लागि वाउट र फिलिपले समान १ /१ गोल गरे ।

पहिलो हाफमै ३-१ गोलको अग्रता बनाएको बायर्नले दोस्रो हाफमा १ गोल खाएको थियो । टोलीका स्टार फरवार्ड लेवानडोस्की बिना मैदान उत्रिएको बायर्न अघिल्लो साता मात्रै च्याम्पियन्स लिग बाट बाहिरिएको थियो । 

उक्त जितसँगै बायर्नले शीर्ष स्थानमा स्पष्ट ७ अंकको अग्रता बनाएको छ । जारी सिजन कुल २९ खेलबाट ६९ अंकको साथ बायर्न शीर्ष स्थानमा रहेको छ ।