काठमाडौं : विराटनगरमा सम्पन्न छैटौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफले जितेको छ ।
शनिबार विराटनगरस्थित सहिद रंगशाला सम्पन्नता फाइनल खेलमा भारतको पञ्चाब पुलिसलाई १-० गोलले हराउँदै पहिलो पटक उपाधि उचालेको हो । त्यस्तै उक्त प्रतियोगिताको उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका खेलेका एपिएफका आशिष लामाले एक थान मोटरसाइकल जितेका छन् । उनी प्रतियोगिताको म्यान अफ दि टुर्नामेन्ट हुदै उक्त उपाधि जितेका हुन ।
अन्य विधामा विजेता खेलाडी तथा प्रशिक्षक
१. सर्वाधिक गोलकर्ता - विराटनगर महानगरपालिका ११ का प्रकाश बुढाथोकी
२. उत्कृष्ठ फरवार्ड - संकटा क्लबका फोडे फोकना
३. उत्कृष्ठ मिडफिल्डर - सशस्त्र प्रहरी बल एपिएफका मणी लामा
४. उत्कृष्ठ डिफेन्डर - सशस्त्र प्रहरी बल एपिएफका सनिस श्रेष्ठ
५. उत्कृष्ठ गोल किपर - सशस्त्र प्रहरी बल एपिएफका राजु नगरकोटी
६. उत्कृ्ष्ट प्रशिक्षक - सशस्त्र प्रहरी बल एपिएफका प्रशिक्षक सुदिप श्रेष्ट माथि उल्लेखित सबै उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार नगद पुरस्कार र अवार्ड हात पारेका छन् ।
७. म्यान अफ दि टुर्नामेन्ट - सशस्त्र प्रहरी बल एपिएफका आशिष लामा एक थान मोटरसाइकल । त्यस्तै यता फेयर प्ले टिम अवार्ड - विराटनगर महानगरपालिका ११ ले प्राप्त गरेको छ । उसले २५ हजार नगद पुरस्कार र अवार्ड हात परे ।