असोज २१, २०७९ शुक्रबार

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिके टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई आइतबार अदालत उपस्थित गराइने भएको छ । शुक्रबारसम्म दशैँ बिदा र त्यसपछि शनिबार भएका कारण दालत बन्द छ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइने बताइएको छ ।

अहिले उनलाई प्रहरी वृत गौशालामा राखिएको छ । बिहीबार बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका सन्दीपलाई विमास्थलबाट प्रहरीले प्रकाउ गरेको थियो ।